वैशाख २२, २०८१ शनिबार May 4, 2024

प्रेस युनियनको निर्धारित महाधिवेशन अन्तिम समयमा आएर रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रेस युनियनको मंसिर २८ र २९ गतेका लागि निर्धारित महाधिवेशन अन्तिम समयमा आएर रद्द भएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत निर्धारित मितिमा नवौं महाधिवेशन नहुने जानकारी दिएका हुन् ।

सिग्देलले विज्ञप्तिमा लेखेका छन्, ‘लोकतन्त्रको प्रमुख आधार मध्येको एक आवधिक निर्वाचनको पक्षमा युनियन रहँदारहँदै पनि निर्धारित समयमै महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो ।’ ‘विवेकपूर्ण अपरिहार्य वाध्यता’ के हो भन्नेचाहिँ विज्ञप्तिमा खुलेको छैन ।

गत साउन २२ गते बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको थियो । त्यतिबेला डोल्पा र मुस्ताङ बाहेक सबै जिल्ला शाखा, उपशाखा र प्रतिष्ठान शाखामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइएको थियो ।

तर अध्यक्ष सिग्देलले भने एक दर्जनभन्दा बढी जिल्लामा अझै पनि अधिवेशन हुन नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमती हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई केही प्रभाव पारेको यथार्थ कतैबाट लुकेको छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार