असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रियसभामा राष्ट्रिय सरोकार प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७-७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो। समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो ।

कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिए। एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ः०० बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया