कार्तिक २३, २०८३ सोमबार November 9, 2026

विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेपछि स्पष्टीकरण माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोहलपुर नगरपालिकाले भौतिक रुपमा विद्यालयले कक्षा सञ्चालन गरेपछि कारवाही स्वरुप स्पष्टीकरण सोधिएको छ । चार,पाँचदिन कोहलपुर नगरपालिका क्षेत्र भित्रका चारवटा संस्थागत विद्यालयले भौतिक रुपमा पठनपाठन गरे पछि स्पष्टीकरण माग गरिएको हो ।

साउन १० गते गरेको आकस्मिक संयुक्त अनुगमनका क्रममा केही संस्थागत विद्यालयले भौतिक रुपमा पठनपाठन गरेको पएपछि कारवाही स्वरुप स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको थियो ।

नगरपालिकामा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा संस्थागत विद्यालयका छाता संगठनका जिल्ला र नगरस्तरीय प्रतिनिधि सहित आज बसेको बैठकले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विद्यालयलाई स्पष्टीकरण सोधि अब उप्रान्त भौतिक रुपमा कक्षा सञ्चालन नगर्ने शर्तमा एक पटकका लागि सचेत गराउने निर्णय गरेको छ ।

चारवटा विद्यालयलाई स्पष्टीकरण सहित सपस्थित हुन भनिएको र कमि कामजोरी महसुस् गरे पछि एकपटका लागि सचेत गराएर छाडिएको नगर प्रमुख लुट बहादुर रावतले बताउनु भयो ।

साथै यो विषम परिस्थितिमा कुनै पनि विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेमा प्रचलित कानून बमोजिम संक्रामक ऐन २०२० बमोजिम कारबाही गरिने शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले जानकारी दिनु भएको छ ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विद्यालयहरुमा पञ्चमुखि विद्यालय,मिसन पब्लिक स्कुल,दिपज्योति बोर्डिङ स्कुल र निम्बल एकेडेमी रहेका छन् । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार