काठमाडौंः नेपाल शिक्षक महासङ्घले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन आज रिले अनसन बसेको छ । आफ्ना माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि एकदिने रिले अनसन बसेको हो ।
बैशाख २० गते देखि चरणबद्ध आन्दोलन गर्दे आएको महासङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत आज बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म काठमाडौंको माईतीघर मण्डलामा र देश भरका शिक्षा विकास तथा समन्वय इकाईमा साथै प्रदेशका सामाजिक विकास मन्त्रालयमा रिले अनसन बसेको छ ।
सहअध्यक्ष पुर्णप्रसाद दवाडीले देशै भरिका शिक्षकहरु आन्दोलित भएको र नेपाल सरकारसँग हामिले बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताउनु भयो । सरकारले अफ्ना माग सुनेर यो रिले अनसन पछिका कार्यक्रमहरुलाई स्थगन गराउनेमा विश्वस्त भएको बताउनु भयो ।
त्यस्तै नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले राज्यले शिक्षकहरुका माग सुन्न बाध्य हने र चारलाख शिक्षक कर्मचारीका कुरा नसुनेर सुखै नहुने बताउनु भयो । यस पछि यो चरणका दुईवटा कार्यक्रम बाँकी रहेको र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आउने शुक्रबारको धर्नाकार्यक्रम रहेको र त्यसपछि प्रधानमन्त्रीको निबास अगाडी धर्ना गरिने जानकारी दिनु भयो । त्यसपछि पनि माग सुनुवाई नभए पाचौँ चरणको आन्दोलनमा काठमाडौंको सडकमा सम्पुर्ण शिक्षक आउने र माग सम्बोधन गर्न बाध्य पर्ने बताउनु भयो ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले मुलुक संघियतामा पुग्दापनि संघिय शिक्षा नआई पञ्चायतकालिन ऐनबाट सञ्चलन भइरहेको करणले शिक्षकले अपेक्षा गरेका सुधारका परीणमहरु अबरुद्ध भएको भन्नु भयो । स्थानीय तहलाई शिक्षा जिम्मा दिएका कारण धेरै विकृतिहरु आएको बताउनु भयो । विगतमा गरेको ३० बुँदे सहमति र अहिले नेपाल शिक्षक महासंघले ३४ बुँदे माग राखेको र वजेटले गरेको विभेद लगायत समग्र कारणले शिक्षाको रुपान्तरण नभई पुरातन शैलिबाट भएका कारणले सुधारका लागि आन्दोलन गरिएको जनाउनु भयो । यी समस्याका समाधानका लागि सरकारले सम्मानित तरीकाले आमन्त्रण नगर्दाका बेलासम्म आन्दोलन निरन्तर गरिने बताउनु भयो ।
मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया