श्रावण ३१, २०८३ आइतबार August 16, 2026

वनभोज हिंडेको कलेज बस दुर्घटना, २२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन ।

ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिएका छन ।

२२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको उनले बताएका छन । २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताएका छन । दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए ।

प्रधानका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार