श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सानिमा लाईफकाे ६० लाख कित्ता आईपीओ बुधबारदेखि खुल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाेलि (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन  तथा बिक्री खुल्ला गर्दैछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता गर्न लागेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

पछिल्लाे समय आईपीओ भर्ने लगानीकर्ताहरूकाे संख्या एकदमै बढ्दाे छ । आईपीओ भर्ने संख्या २० लाख नाघिसकेकाे छ । हरेक कम्पनीकाे आईपीओमा मागभन्दा उच्च आवेदन पर्ने गरेकाे छ । याे आईपीओमा पनि मागभन्दा धेरै आवेदन पर्ने निश्चित छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार माग भन्दा धेरै आवेदन परेपछि हरेक आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान छ ।

यसकारण कम्पनीको आईपीओमा पनि १० कित्ताको लागि मात्रै आवेदन दिनु उचित हुन्छ । अर्थ संसार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार