श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सानिमा लाइफ इन्स्योरेन्सको सेयर खुल्यो – ५४ लाख कित्ता आइपिओ सर्वसाधारणले भर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सानिमा लाइफ इन्स्योरेन्सले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु. ६० करोड रकम बराबरको सेयर जारी गरेको हो ।

प्रति शेयर रु. १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको प्राथमिक निष्काशन (आइपिओ)मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज विहान १० बजेबाट छिटोमा आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्नेछन् ।

अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ । यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार