असार २५, २०८२ बुधबार July 9, 2025

शिक्षक महासंघको धर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखेर आज शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा धर्ना दिएको छ ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र शिक्षकलाई गरेको विभेदको अन्त्य गर्ने शिक्षा ऐन ल्याउनुपर्ने, सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, स्थायी भएका शिक्षकको पेन्सन तथा बढुवामा अस्थायी अवधिको गणना गर्नुपर्ने, शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्नेलगायतका मागसहित गत वैशाख २० गतेदेखि ३४ सुत्रीय माग राखी महासङ्घले आन्दोलन गर्दै आएको छ ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले महासङ्घको ३४ सुत्रीय माग पूरा नभए सडक आन्दोलन सुरु गर्ने बताउनुभयो । सरकारले माग पूरा नगरे चौथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार