श्रावण २, २०८२ शुक्रबार July 18, 2025

साताको सेयर बजारः ६४ अर्ब ५२ करोडको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ।

लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण सेयर बिक्री गर्ने कम्पनीको संख्यामा पनि वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थामा एथेष्ट मात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान सेयर बजारमा केन्द्रित भएको छ। सोही कारण सेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ। कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ।

साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यससाता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेजस्तो देखिँदैन।

नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर औसतमा २२६ कम्पनीको कुल १० करोड ४० लाख २४ हजार ९११ कित्ता सेयर कारोबार भयो। कुल ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको सेयर किनबेच भयो।

साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको सेयरमा देखिएको थियो। सो दिन अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो। जलविद्युत् उपसमूहको सेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ। व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको सेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो।

त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो। यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए। तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको थियो। कुल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए। त्यस दिनको कारोबार पछि बजार पुँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढ्यो। नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो। कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो। त्यस दिन घलेम्दी हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो। कुल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुग्यो। कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकले कीर्तिमान कायम गर्‍यो। लगातार उकालो लाग्दै आएको नेप्सेले नयाँ इतिहास कायम गर्‍यो। नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुग्यो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुग्यो। मंगलबारको कारोबारपछि बजार पुँजीकरण रु ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुग्यो।

कुल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो। नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो। यस्तै जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए। कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थान रही ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो।

साताको चौथो दिन बुधबार नेप्सेमा अर्को इतिहास कायम भयो। लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा दोहोरो अंकको सुधार देखियो। त्यसदिन १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुग्यो। यो हालसम्मकै उच्च बिन्दु हो।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुग्यो। कुल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको सेयर ओरालो लाग्यो भने छ उपसमूहको सेयर मूल्यमा वृद्धि भयो।

त्यसदिन पनि अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको सेयरमा आकर्षित भए। जलविद्युत् कम्पनीले संस्थापक सेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको सेयरमा चाप परेको छ। सोही आधारमा अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लाग्यो।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो। त्यसदिन कारोबारपछि बजार पुँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुग्यो।

सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आए पनि चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा ‘दोहोरो अङ्क’ को करेक्सन देखियो। त्यसदिन नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुग्यो। कुल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर उकालो लाग्दा ११ उपसमूहको सेयर भने ओरालो लाग्यो। त्यसदिन बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुग्यो। कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो।

साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखु खोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए। त्यस्तै, चन्द्रागिरी हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ५.२९ र ग्लोबल आइएमई लघुवित्रका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार