असार २३, २०८२ सोमबार July 7, 2025

बाहिरी चक्रपथ निर्माणको काम छिटो अघि बढाउन विकास समितिको सरकारलाइ निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काठमाडौँ उपत्यका र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन पनि बाहिरी चक्रपथ निर्माणको काम चाँडो अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिईन् । त्यस्तै बैठकले बजेट वक्तव्यमा समेटिएका कतिपय योजनाहरूको स्रोत सुनिश्चित नभएको प्रति ध्यानाकर्षण भएको भन्दै स्रोत सुनिश्चितताका आधारमा मात्र वार्षिक कार्य योजना बजेट वक्तव्यमा समेट्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उनले बताईन् ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले पूर्वाधार मार्ग करिडोरसँग सम्बन्धित कानुनी सहजताका लागि काम सुरु भएको जानकारी दिए । उनले सहरी विकासको योजनालाई अघि बढाउन अन्य मन्त्रालयसंग पनि समन्वयनकारी भूमिका निर्वाह गर्ने जिकिर गरे । समिति सदस्यहरुले सहरी विकास आयोजनाहरूको गति सन्तोषजनक नरहेकाले यसलाइ सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया