असोज १७, २०८३ शनिबार October 3, 2026

सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नचलेपछि चार लाख जरिबाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बेहुली पक्षले बेहुलाबाट ४ लाख रुपैयाँ जरिबाना लिएका छन्। जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ।

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको खुलेको छ।

बेहुली पक्षले विवाहका लागि गरेको खर्चको माग बेहुला पक्षसँग गरेपछि उपाध्यक्ष भुर्तेलले सहजीकरण गरेकी थिइन्।

छलफलपछि बेहुली पक्षले बेहुला पक्षसँग ४ लाख रुपैयाँ क्षतिपुर्ती लिएका हुन्।

‘समाज बसेर विवाहमा भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन। विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवै पक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको देखिन्छ,’ उपाध्यक्ष भुर्तेलले भनिन्।

यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो। विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा समाजले बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै
२०८३ असोज १८, आइतबार
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल
२०८३ असोज १८, आइतबार
Jitiya festival fosters mutual respect, harmony : President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार