असार २३, २०८२ सोमबार July 7, 2025

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।

निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र रु एक लाख जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया