काठमण्डौंः प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ तथा चालु बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उहाँले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया