काठमाडौंः त्रिभुवन विश्वविद्यालले एक सूचना प्रकाशित गरि ब्यबस्थापन संकायतर्फ प्रवेश परिक्षाको केन्द्र कायम गरेको जनाएको छ । त्रिवि यव्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि., कीर्तिपुरले बुधबार सूचना जारी गरी प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना प्रकाशित गरेको हो ।
जारी सूचनामा भनिएको छ, ‘त्रि. वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सत्रान्त प्रणाली अन्तर्गत संचालित Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रममा शैक्षिक वर्ष २०७८-०७९ (सन् २०२१) मा भर्नाको लागि पूर्व निर्धारित सूचनानुसार मिति २०७८ । ०५ । ०५ गते शनिबारका दिन संचालन हुने प्रवेश परीक्षा (MBS / MPA – AT) को लागि नेपालभरीका सम्पूर्ण आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पस-कलेजमार्फत प्रवेश परीक्षा फाराम बुझाएका विद्यार्थीहरुको प्रवेश परीक्षा केन्द्र देहाय अनुसार निर्धारण गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो तालिका प्रकाशित गरीएको छ ।’
प्रतिक्रिया