काठमाडौंः राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।
आजमात्रै दाहालले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको बचाउ गरेका थिए । दाहालले काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यादेश लोकतन्त्र, संविधान र व्यवस्था बलियो बनाउन ल्याईएको जिकिर गरेका थिए ।
तर, अध्यक्ष थापाले भने दाहालको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-“हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन । हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्” यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज! विडम्वना!”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया