श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले स्वयं अर्कै नयाँ नाम प्रस्ताव गरी आज निवेदन दर्ता गराएको हो ।

नेकपा एमाले (समाजवादी)ले बुधबार दल दर्ताका लागि दिएको निवेदनमा उल्लेखित दलको नाम परिवर्तन गर्न निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दल दर्ताका लागि आयोगले यही भदौ ९ गते सनाखतका लागि दलका सदस्यलाई बोलाएको छ । दलका सांसद र कार्यसमिति सदस्यको सनाखतपछि आयोगको बस्ने बैठकले दल दर्तासम्बन्धी निर्णय सुनाउने छ ।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको अनुमान छ ।

गत फागुन २३ गते सर्वाेच्च अदालतबाट भएको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई ऋषि कट्टेलको नेकपासँग नाम मिल्न गयो भनी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो ।

महन्थ ठाकुरको अध्यक्षतामा गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि सनाखतका लागि आयोगले यही भदौ ९ गते नै बोलाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार