श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौं : नेता सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ । कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आज यहाँ आयोजित एकदिने कार्यशाला गोष्ठीमा उहाँले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा  तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो ।

“विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो”, उहाँले भन्नुभयो । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताउनुभयो । विधि र नियम पु¥याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो ।

उहाँले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पार्नुभयो । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उहाँको भनाइ थियो ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार