श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन सकेन – मुख्यमन्त्री शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)का उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी छन् ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले आफू सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्दै नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी हुन् ।

शाक्यले केही शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेको आरोप पनि लगाइन् । अहिलेको अवस्थाबाट पार्टीले नोक्सानी व्यहोरेको भन्दै उनले नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताइन् ।

आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् । उनले बाग्मती प्रदेशका पार्टी र मुलुकलाई जोगाउन एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरिएको जानकारी पनि दिइन् ।

पार्टी जोगाउनको लागि बाग्मती प्रदेशमा डोरमणि पौडेलले गरेको त्याग सम्मानयोग्य रहेको उनको भनाइ छ । कार्यक्रममा मञ्चले बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यलाई सम्मान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार