असार २५, २०८२ बुधबार July 9, 2025

त्रिविका विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन पाउने (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले तोकिएको केन्द्रमा परीक्षा दिन असमर्थ विद्यार्थीहरुका लागि पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार एक जरुरी सूचना जारी गर्दै कोरोनाको कारण  तोकिएको केन्द्रमा परीक्षा दिन असमर्थ विद्यार्थीहरुका लागि आफ्नो गृहजिल्ला वा छिमेकी जिल्लामा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

त्रिविले स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षाका लागि परीक्षा केन्द्र छनौट गर्ने सम्बन्धी सूचना जारी गर्दै शिक्षाशाश्त्र संकाय अन्र्तगत सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तह (खुल्ला तथा दूर सिकाई समेतको ) तेस्रो सेमेष्टर (नियमित तथा आंशिक) को २०७८ साल भाद्र महिनामा संचालन हुने परीक्षामा कोभिड–१९ को दोस्रो लहरका कारण आफू अध्ययनरत क्याम्पस कलेज वा तोकिएको परीक्षा केन्द्रमा गई परीक्षा दिन असमर्थ हुनेका लागि घर पायक केन्द्र दिने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयले व्यवस्था गरेकाले इच्छुक विद्यार्थीले यस संकायको वेवसाईट https://tuexam.edu.np/ मा रहेको अनलाईन फारम यही मिति २०७८ साल भाद्र १० गतेभित्र भरी आवश्यक विवरण प्रविष्ट गरिदिनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार