काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), विदेश मामिला विभागले विदेश मामिला सम्बन्धमा वार्षिक कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ ।
आइतबार राजधानीमा बसेको बैठकले विभागका प्रमुख डा. राजन भट्टराईको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो ।
परराष्ट्र सम्बन्धलाई राष्ट्रिय हित अनुकूल, न्यायोचित र पारदर्शी रुपमा सञ्चालन गर्नका लागि मुलुकको पहिलो पार्टीका हैसियतले नेकपा (एमाले) को भूमिका सधैँ अग्रणी रहने विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया