असार २४, २०८२ मंगलबार July 8, 2025

सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्य‌‌क्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीको नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीले दिएको २ लाख रुपैयाँको रसिद माग गर्दा नदिएपछि वडाध्यक्ष मगरविरुद्ध परेको उजुरीको आधारमा उनीसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।

वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका-१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट/सुस्ता पश्चिम) जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिएको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया