असार २६, २०८२ बिहिबार July 10, 2025

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ ।

नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।

“विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भने, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको र के कति क्षति गरेको छ, अब विद्यालय गएपछि मात्रै थाहा हुनेछ ।”

स्थानीयवासीका अनुसार विद्यालयमा कुन समूह तथा किन तोडफोड गरिएको हो भन्ने पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय चमराचौताराले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार