श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल टेलिकमले फाइभ जी परीक्षणको तयारी गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिएका हुन ।

उनले टेलिकमको व्यवसाय नाफामुखी नभएर सेवामुखी रहेको उल्लेख गर्दै कोभिडको महामारीका बेला अत्यान्तै न्यून दरमा सेवा उपलब्ध गराएर इन्टरनेटको पहुँच नभएका विद्यार्थी तथा शिक्षकमार्फत् शैक्षिक गतिविधि सुचारु राख्न मद्दत पुर्‍याएको बताए । टेलिकमकै कारण प्रतिस्पर्धी कम्पनीहरूले महशुल घटाएका कारण प्रयोगकर्ताले सस्तोमा दूरसञ्चार र इन्टरनेटको सेवा प्रयोग गर्ने सम्भव भएको उल्लेख गर्दै टेलिकमले ग्राहकको गुनासो सम्बोधन गर्न प्रतिबद्ध रहेको अधिकारीको भनाइ छ ।

काठमाडौं उपत्यकामै कयौं स्थानका घरधनीले टावर राख्न नदिएका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको भन्दै उनले सकभर सेवाको गुणस्तर बढाउन टेलिकम प्रयत्नशील रहेको बताए ।

चालू आर्थिक वर्षमा नेपाल टेलिकमले फाइभ जीको परीक्षण गर्ने बाहेक व्यावसायिक सेवा सञ्चालनको तयारी गर्ने, स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइबरमा रुपान्तरण गर्ने, मोबाइल फाइन्सान्स सर्भिस सञ्चालनमा ल्याउनेलगायतका लक्ष्यहरू राखेको छ ।

त्यस्तै सबै स्थानीय तहमा डिजिटल एजुकेसन, टेलि मेडिसिन र ई–गर्भनेन्सलाई सहयोग पुग्ने गरी पूर्वाधारको विकास गर्ने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि देशव्यापीरूपमा ब्रोडब्यानड इन्टरनेट उपलब्ध गराउन पूर्वाधारको विकास गर्नेलगायतका नीति अगाडि सारेको छ ।

टेलिकमअन्तर्गत टेलिफोनको घनत्व ७० दशमलव ४० प्रतिशत पुगेको छ । त्यस्तै इन्टरनेट ६८ दशमलव २६ प्रतिशत, मोबाइल ग्राहक २ करोडभन्दा माथि रहेको जनएको छ । -नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार