असार २६, २०८२ बिहिबार July 10, 2025

अछामका शिक्षण संस्था खुल्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाभाइरस संक्रमण महामारीसँग बन्द रहेका अछामका शिक्षण संस्थाहरू खुल्न थालेका छन् ।

कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेका हुन् ।

जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने निणय गरेका हुन् । साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबारदेखि पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।

विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ । न्यूजकारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया