काठमाडौंः राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ ।
यसपछि गृह मन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । न्युज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया