भाद्र २, २०८३ मंगलबार August 18, 2026

मुख्य न्यायाधीश, रजिस्ट्रारसहित सवार स्कारपियो दुर्घटना

४ जना घाइतेको छाउनी अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौडा ।मकवानपुर भीमफेदी गापा– ६ जुरीखेलमा काठमाडौंबाट बीरगन्जतर्फ आउँदै गरेको स्कारपियो दुर्घटना भएको छ । उच्च अदालत बीरगन्ज पर्साको मुख्य न्यायाधीश, रजिष्टार र गाडी चालकसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको हो । प्रदेश ३–०१–००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०-६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक र रजिष्टारलाई थप उपचारको लागि हेटौडा अस्पताल ल्याइएको छ । बाँकी ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि छाउनी अस्पताल काठमाडौं पठाएको ।

घाइतेहरु:-

१. चालक जिल्ला दाङ राप्ति न.पा. ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

२. मुख्य नायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

३. रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

४. निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर ।

५. निजको छोरा वर्ष अं. २५ को रितेन्द्र बडुको टाउकोमा चोट, अवस्था मध्यम ।

६. निजको दिदि वर्ष अं. ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया