असार २३, २०८२ सोमबार July 7, 2025

संविधानसभा सदस्यद्वयको निधनमा शोक प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ ।

नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उहाँहरुको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो । प्रतिनिधिभाको अर्काे बैठक यही भदौ २७ गते आइतबार दिनको एक बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया