असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा स्थायी कमिटी बैठकबाट राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।

आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पास भएको हो।

बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ। एक साता अघि देखि जारी बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्या समाधानका विषयमा सदस्यहरुले सुझाव पेश गरेका थिए।

विधान संशोधनबाट उपाध्यक्षको व्यवस्था गर्ने बाटो समेत खुलाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया