काठमाण्डौंः दाङमा भोलि सोमबारदेखि शिक्षालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय भोलिदेखि खुल्ने भएका हुन् ।
स्थानीय शिक्षा महाशाखाले विद्यालय सञ्चालननका मापदण्ड तयारगरी कार्यपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो ।
आज डीसीएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
उनले भने, डिसिएमसीको आजको बैठकले विद्यालय सञ्चालनका लागि कार्यपालिकाले पेस गरेको सिफारिस अनुमोदन गरेको छ। स्मार्ट लकडाउन निर्देशिका २०७८ अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा आउनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया