काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोश्रो वर्षको काठमाडौ उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
त्रिविद्धारा जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ आश्विन ११ गतेदेखि सञ्चालन हुने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन (एम.ए., एम.एड.,एम.वि.एस र एम.पि.ए.) संकायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षका क्याम्पस तथा प्राइभेट (आंशिक) परीक्षा दिने काठमाडौं उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ परीक्षा समय दिउँसो १२ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया