असार २६, २०८२ बिहिबार July 10, 2025

विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि पठनपाठन बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीमा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ ।

धनगढीमा रहेको ऐश्वर्य विधा निकेतन माध्यामिक विद्यालयका एक  जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ ।

उक्त विद्यालयले आज सूचना जारी गर्दै  शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएकाले भोलि असोज ७ गते देखि पूर्व कार्यक्रम अनुसार अनलाइन माध्यमबाट पठनपाठन सुचारु हुने जनाएको छ ।

विद्यालयमा सञ्चालनमा आएको सातामै विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको बताइएको छ ।

यस अघि सो विद्यालयले अनलाइनबाट पठनपाठन गराउँदै आएको थियो । कैलालीमा स्थानीय प्रशासनले स्मार्ट लकडाउन कार्यविधि भित्र रही जनस्वास्थ्यका सबै मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेपछि भदाै अन्तिम सातादेखि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया