असार २३, २०८२ सोमबार July 7, 2025

कुख्यात खाग तस्कर नाङ्गे तामाङ्ग पुर्पक्षको लागि जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन राष्ट्रिय निकुञ्जले फेरि अर्का कुख्यात फरार प्रतिवादी पक्राउ गरि जेल चलान गर्न सफल भएको छ ।

जेल चलान हुनेमा मुगु जिल्ला साविक मुगु गा.वि.स. वडा न ९ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका ६ बौद्ध बस्ने वर्ष ५९ नाङ्गे तामाङ्ग लामा रहेको निुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले गत भदौ २३ गते पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाएको थियो ।

निज तामाङ्गमाथि अनुसन्धान गरी जिल्ला अदालत नवलपुर पेश गरिएकोमा यहि असोज ५ गतेको आदेशानुसार पुर्पक्षको लागि जिल्ला कारागार कार्यालय भरतपुर जेल चलान भएका छन् ।

तामाङ्गलाई यसअघि समेत यस कार्यालयले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा संरक्षित वन्यजन्तु गैडा चोरीशिकार गरेको अभियोगमा मुद्धा दायर गरेको थियो ।

निजको गैडाको खाग तिब्बती व्यापारीलाई ओसारपसार गराउने कार्यमा प्रत्यक्ष संलग्नतासमेत पाईएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यो समेत निकुञ्जले चालु आ.व.मा २०७७।७८ मा ७ जना पूर्पक्षको लागि थुनामा पठाईसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार