असार २३, २०८२ सोमबार July 7, 2025

बैतडीमा व्यापारी हत्याका अभियुक्त सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको सन्सेरीमाण्डौँका व्यापारी हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका सात जना मध्ये तीन जनालाई सोधपुछपछि छोड्दै चार जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा न. ५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र संकरसिंह महरालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रातिको समयमा मदिरा सेवन गरेका उनीहरूले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । प्रहरीले मदिराका कारण झगडा भएको बताए पनि मृतकको परिवारले भने पैसाका कारण हत्या गरेको आशङ्का गरेछन् ।

मृतक महरासँग त्यस दिन नौ लाखभन्दा बढी नगद रकम साथमै भएकाले हत्या गरी रकम लुटेको हुनसक्ने परिवारजनलाई उद्धृत गर्दै स्थानीय गणेश मडैले बताउनुभयो ।

अपाङ्गता भत्ता कार्यक्रमलाई निरन्तरता

बैतडीको सुर्नया गाउँपालिकाले अपाङ्गता भत्ता कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने भएको छ ।

(क) वर्ग र (ख) वर्गका व्यक्तिहरूलाई सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेकोमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले केही रकम भत्ताका रुपमा वितरण गर्ने गरेको छ ।

गत आर्थिक वर्षमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई ३ हजार र ३५ सयका दरले भत्ता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो ।

यस वर्गका अपाङ्गताको परिचय पत्र बनाए पनि उनीहरूका लागि भत्ताको व्यवस्था नभएको हुँदा पालिकाले केही रकम दिन सुरु गरेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिन तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा गाउँपालिका भित्रका १ सय ६० जनाले पालिकाबाट भत्ता पाएको गाउँपालिका स्तरीय अपाङ्गता समितिका सचिव निर्मला चन्दले बताउनुभयो ।

पहिलाको तुलनामा यसपालि अपाङ्गता परिचय पत्र बनाउने व्यक्तिहरू थप भएको उहाँले बताउनुभयो ।

हालसम्म ग र घ वर्गमा ६० जना थप भएको गाउँपालिकाले जनाएको छ । सुर्नया गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरणको काम निरन्तर रुपमा चलिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार