कार्तिक २३, २०८३ सोमबार November 9, 2026

सामुदायिक विद्यालय र सरकारी अस्पताललाई पङ्खा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गर्मीलाई मध्यनजर गर्दै उपकार सेवा नेपालले पङ्खा वितरण गर्ने अभियान सुरु गरेको छ ।

सामाजिक अभियन्ता एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेता ओमप्रकाश सर्राफको सक्रियतामा बारा र पर्साको विभिन्न स्थानमा २० थान पङ्खा वितरण गरिएको छ । आवश्यकतालाई मध्यनजर गर्दै सामुदायिक विद्यालय र सरकारी अस्पताललाई पङ्खा उपलब्ध गराएको युवा नेता सर्राफले जानकारी दिनुभयो ।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई १० थान, बाराको खुटुवा प्रसौनी स्थित श्री नेपाल राष्ट्रिय प्रा.वि.मा ५ थान पङ्खा वितरण गरिएको  बताउनुभयो । यस्तै पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पताललाई पनि ५ थान पङ्खा सहयोग गरेको सरावगीको भनाई छ ।

संस्थाका सुमन वागेरिया, सोनी अग्रवाल लगायतको उपस्थितिमा विद्यालय र अस्पतालका प्रतिनिधिहरूलाई पङ्खा हस्तान्तरण गरिएको हो ।

आगामी दिनमा पनि अन्य स्थानमा आवश्यकता अनुसार पङ्खा वितरणको अभियानलाई निरन्तरता दिने सामाजिक अभियन्ता सर्राफले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार