श्रावण २५, २०८३ सोमबार August 10, 2026

ट्रु कलरबाट आफ्नो नाम र नम्बर हटाउने हो, यसो गरौं ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ नम्बरबाट फोन आउँदा नाम देखाउने एप हो ट्रु कलर । अहिले स्मार्ट फोन प्रयोगकर्ताले यो एप राखेकै हुन्छन् । यसमा सम्बन्धित व्यक्तिले आफ्नो विवरण राखेमा सबै विवरण अर्को प्रयोगकर्ताले हेर्न पनि सक्छन् ।

पछिल्लो समय यो एपलाई असुरक्षित एप भन्दै केऽसिनापः दजव देशले त प्रयोग नगर्न पनि आग्रह गरेका छन् । तर पनि फोन आउँदा नामको विषयमा जानकारी लिन डाउनलोड गर्ने क्रम रोकिएको छैन । कसैलाई अचम्म पनि लाग्न सक्छ हाम्रो विवरण कसरी सेव र सेयर गर्छ भनेर । कसैले फोटो पनि राखेका हुन्छन् । त्यो पनि फोन गर्दा कसैको नम्बरमा जान्छ ।

कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्छन् । एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ । सबैलाई यस् भन्दै पनि जाने गरेका छौं । यसले कन्ट्याक्ट नम्बरको सूचीको अनुमति समेत माग्ने गरेको हुन्छ । प्रयोगकर्ताले ट्रुकलरलाई आफ्नो अकाउन्टमा सबै कुरा एक्सेस दियो भने त्यहाँ सेभ गरेका सबै व्यक्तिको डाटा यसले आफ्नो सर्भरमा सेभ गर्छ ।

जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरमा कुनै पनि नम्बर सर्च गर्दछ वा उसलाई कुनै अपरिचित नम्बरबाट कल आउँदछ भने यो एपले आफ्नो सर्भरमा उसको नाम तथा जानकारी सर्च गरेर देखाउँछ । यसका लागि इन्टरनेटको आवश्यकता भने हुन्छ ।

जो व्यक्ति आफ्नो पहिचान लुकाउन वा गोप्य राख्न चाहन्छन्, उनीहरूका लागि यो एपले समस्या नै पैदा गरिदिन्छ । तपाईले यो एप राख्नु भएको छैन, तर तपाईको साथीले तपाइको नम्बर सेभ गरेर उसको मोबाइलमा ट्रु कलर छ भने पनि यो अरूकोमा सेयर हुन्छ ।

हटाउन के गर्ने ?

आफ्नो सम्पर्क नम्बर ट्रुकलरको डेटा बेसमा सूचीकृत नहोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि सुरुमा तपाईंले आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ ।

साथै कम्पनीसँग तपाईंले उसको डेटाबेसबाट आफ्नो नम्बर हटाउनका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यसो त ट्रुकलर प्रयोगकर्ताका लागि स्पामर, स्क्यामर, टेलिमार्केट कल र कल सेन्टरको जानकारी पत्ता लगाउन सहयोगी बन्दै आएको छ ।

यदि तपाईं आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईंले यसका लागि सबैभन्दा पहिला ट्रुकलर अकाउन्ट डिएक्टिभ गर्नु नै उपयुक्त हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यदि प्रयोग गर्नुभएको छ भने ट्रुकलर एप खोल्नुहोस् ।

अब एपको दायाँतर्फ माथि भएको मेनु बटन (तीन वटा थोप्ला भएको) मा ट्याप गर्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् । त्यहाँ तपाईंले प्राइभेसी सेन्टर चयन गर्नुपर्ने हुन्छ र त्यसपछि अन्तिममा रहेको डिएक्टिभ बटन चयन गरी कन्फर्म गर्नुपर्ने हुन्छ ।

तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आईफोनमा ट्रुकलर एप खोल्नुहोस् । बायाँतर्फ माथि कुनामा रहेको प्रोफाइलमा थिच्नुहोस् । त्यसपछि सेटिङमा जानुहोस् र प्राइभेसी सेन्टर हुँदै डिएक्टिभ गर्नुहोस् ।

यसो गर्नाले कसैले ट्रुकलरमा तपाईंको नम्बर सर्च गर्दा त्यसमा तपाईंको कुनै पनि जानकारी देखिने छैन ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार