असोज १४, २०८३ बुधबार September 30, 2026

भरिएकाे गुगल अकाउन्ट कसरी खाली गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल ड्राइभ । कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यस्ताे स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयाेग गर्न सकिन्छ ।

नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टाेरेज फुल हुनु स्वभाविक नै हाे । अर्थात् अधिकांश प्रयाेगकर्ताले १५ जीबीको सीमित डेटा स्टोरेज पुरा गरिसकेका छन् । यसपछि स्टाेराेज खाली गर्ने वा थप स्पेस खरिद गर्ने विकल्प उनीहरूसामु छ ।

भरिएकाे गुगल र जिमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिका यस्ताे छ :

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाँही धेरै वर्षअघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईंको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना ईमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं ईमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जिमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईंले जिमेलको सर्चबक्समा ‘has attachment’ सर्च गरेर अट्याचमेन्टसहितको ईमेल फिल्टर गर्न सक्नुहुन्छ र त्यहाँ भएका पुराना ईमेललाई डिलिट गर्न पनि ।

साथै तपाईंले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला ईमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी ईमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना ईमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क ईमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्नसक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नु भएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ता कि तपाईको फोटो १५ जीबी स्पेस कोटामा आँट्न सकोस् ।

तर यसले जेठ १८ देखि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकोभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्नसक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जिमेल वा गुगल ड्राइभबाट कुनै फाइल डिलिट गरिसकेपछि ती फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ती फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । तपाईंले यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईंले अर्को जिमेल पनि खोल्नसक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईंको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठीक हुन्छ ।

६. गुगल वान स्टोरेज खरिद गर्नुहोस्

यदि माथिका सबै विधिबाट पनि तपाईको स्टोरेज खाली हुन सकेन भने गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्नुहोस् । यसको मूल्य पनि निकै कम छ । गुगलले तपाईलाई सय जीबी स्टोरेजका लागि प्रति महिना १.९९ डलर चार्ज गर्दछ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
२०८३ असोज १४, बुधबार
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
२०८३ असोज १४, बुधबार
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
२०८३ असोज १४, बुधबार
दुई दिन धकेलियो कांग्रेस महाधिवेशन : १८ असोजमा खुलामञ्चमा उद्घाटन, २१ र २२ मा निर्वाचन
२०८३ असोज १४, बुधबार
अब सरकारी कर्मचारीलाई २ वर्षको ‘कुलिङ पिरियड’
२०८३ असोज १४, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १४, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १४, बुधबार