असार २६, २०८२ बिहिबार July 10, 2025

निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन अनेरास्ववियूको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुलभ र सुपथ मुल्यमा उपलब्ध गराउनु पर्ने राज्यको दायित्व भित्र पर्ने भन्दै अनेरास्ववियूले सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रीमा जस्तै उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति बेवास्ता गरेको भन्दै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।

‘विश्वको करीब ४ अर्व र नेपालका करीब १ करोड ५० लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७६–०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निःशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियूले माग गरेको छ ।

साथै वर्तमान सरकारले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया