असार २६, २०८२ बिहिबार July 10, 2025

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गर्न शिक्षा तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनका लागि २०७८ चैत्र मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षकहरुको दरबन्दीको विवरण प्राप्त भई आयोमा पठाइसकिएका कारण रोक्का गर्न शिक्षा तथा समन्वय इकाईलाई निर्देशन दिएको हो ।

आयोगबाट शिक्षक छनौट भई सिफारिस भएका शिक्षकहरुलाई जिल्लाबाट माग अनुसार नै नियुक्ति व्यावस्थापन गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि कुनै प्रकारको जिल्लान्तर सरुवा नगर्न नगराउन निर्देशन दिएको छ ।

तर शिक्षक दरबन्दी मिलान तथा व्यावस्थापन कार्यविधि बमोजिम खुद पुल दरबन्दी भएका जिल्लाबाट खुद पुल दरबन्दी रहेको तहका शिक्षकहरुलाई शिक्षा तथा मानव स्रोत केन्द्रले तोकेको जिल्ला अन्र्तगतका स्थानीय तहमा दरबन्दी मिलान गर्दा दरबन्दी सहित जिल्लान्तर सरवा गर्न बाधा नपर्ने जनाएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार