असोज १४, २०८३ बुधबार September 30, 2026

वर्ल्डलिंकको दशैं अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।

साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा-सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

कम्पनीले २०, ३०, ४० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ४०, ६०, ८० र १०० एमबीपीएस गतिको इन्टरनेट दिने भएको हो ।

अब ग्राहकले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले पनि यो अफरमा सहभागिता जनाउन सक्नेछन्, जसका लागि ग्राहकले मासिक ११५० रुपैयाँ तिर्दा एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।

त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

त्यस्तै वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले १० हजार १०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ ।

त्यस्तै ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक १६०० रुपैयाँमै तीन वटा नेटटिभीसहित वर्ल्डलिंकको १०० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । याे प्याकेजअन्तर्गत ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले ११ हजार ५०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
२०८३ असोज १४, बुधबार
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
२०८३ असोज १४, बुधबार
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
२०८३ असोज १४, बुधबार
दुई दिन धकेलियो कांग्रेस महाधिवेशन : १८ असोजमा खुलामञ्चमा उद्घाटन, २१ र २२ मा निर्वाचन
२०८३ असोज १४, बुधबार
अब सरकारी कर्मचारीलाई २ वर्षको ‘कुलिङ पिरियड’
२०८३ असोज १४, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १४, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १४, बुधबार