श्रावण ३, २०८२ शनिबार July 19, 2025

वर्ल्डलिंकको दशैं अफर, १६०० रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट र नेटटिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशको ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ‘दशैंको बहार, डबल उपहार’ ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले ग्राहकका लागि पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज घोषणा गरेको छ ।

साथै वार्षिक प्याकेज खरिद गर्दा निःशुल्क जडानसहित करिब २० हजार मूल्य पर्ने सेवा-सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसअन्तर्गत ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

कम्पनीले २०, ३०, ४० र ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ४०, ६०, ८० र १०० एमबीपीएस गतिको इन्टरनेट दिने भएको हो ।

अब ग्राहकले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । यसमा एउटा नेटटिभीसमेत निःशुल्क रूपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले पनि यो अफरमा सहभागिता जनाउन सक्नेछन्, जसका लागि ग्राहकले मासिक ११५० रुपैयाँ तिर्दा एउटा नेटटिभीसहित ४० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।

त्यस्तै, कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै दुई वटा नेटटिभीसहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

त्यस्तै वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई वटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले १० हजार १०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ ।

त्यस्तै ग्राहकले वार्षिक प्याकेज लिँदा मासिक १६०० रुपैयाँमै तीन वटा नेटटिभीसहित वर्ल्डलिंकको १०० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । याे प्याकेजअन्तर्गत ६ महिनाकाे सब्सक्रिप्सन लिँदा ग्राहकले ११ हजार ५०० रूपैयाँ तिर्नुपुर्ने हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार