असोज १४, २०८३ बुधबार September 30, 2026

तपाईंले प्रयोग गर्ने क्यूआर कोड कति सुरक्षित छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो समय क्यूआर कोड रकम भुक्तानी र अन्य कामको लागि व्यापक प्रयाेग भइरहेको छ । क्यूआर कोडको उपयोगिता व्यापक छ । धेरै कामको लागि प्रयोग हुने क्यूआर कोड कत्तिको सुरक्षित छ त ?

क्यूआर कोड आफैँमा असुरक्षित त होइन तर साइबर आक्रमणको शिकार भने बन्न सक्छ । युआरएलले जस्तै क्यूआर कोडले पनि तत्काल वेबसाइट लगायत अन्य सम्पर्कहरूको जानकारी दिन्छ ।

यसले वाई-फाई नेटवर्कमा पासवर्ड कनेक्ट गर्न सकिन्छ । कुनै साइटमा सिधै लगइन गर्न सकिन्छ, डिजिटल भुक्तानी गर्न सकिन्छ । साथै, कुनै प्रडक्टहरूको बारेमा पनि क्युआर कोड स्क्यान गरेकै भरमा थाहा पाउन सक्छौँ ।

पछिल्लो समय क्यूआर कोडको कामको दायरा थप फराकिलो भइरहेको छ । क्यूआर कोड आफैँमा एक सुरक्षित व्यवस्था भए पनि साइबर अपराधीहरूको आक्रमणको जोखिम भने छ ।

क्यूआर कोडलाई म्यानुपुलेट अर्थात तोडमोड गरेर साइबर अपराधीहरूले प्रयोगकर्तालाई अर्कै वेबपेजमा पुर्‍याइदिने, एपहरू डाउनलोड गर्नको लागि आग्रह गर्ने जस्ता काम गर्न सक्छन् ।

अमेरिकी साइबर सेक्युरिटी कम्पनी पालो अल्टो नेटवर्कसले कोरोना महामारीको बेलामा गरेको अध्ययनको क्रममा क्यूआर कोडलाई कसरी दुरुपयोग गर्न सकिन्छ भन्ने विषयमा टुल्स र ट्युटोरियल सहितको भिडिओहरू सेयर भइरहेको पत्ता लागेको छ ।

साइबर अपराधीले क्यूआर कोडको दुरुपयोग कसरी गर्छन्? विभिन्न स्वार्थको लागि साइबर अपराधीहरूले  क्यूआर कोडको दुरुपयोग गर्ने विभिन्न तरिकाहरू छन् । जस्तो कि ह्याकरले व्यावसायिक वेबसाइट ह्याक गरेर त्यसको क्यूआर कोडमा आफ्नो क्यूआर कोड प्रतिस्थापन गर्न सक्छन् ।

यसपछि ह्याकरले प्रयोगकर्तालाई सहजै आफूले चाहेको फिशिङ युआरएलमा पुर्‍याउन सक्छन् । उनीहरूले प्रयोगकर्तालाई भाइरस भएको असुरक्षित एपमा समेत पुर्‍याउन सक्छन् । त्यस्तै, अर्को तरिका हो ‘हनिपट’ ।

साइबर अपराधीले एउटा नक्कली असुरक्षित वाई-फाई नेटवर्क तयार गर्छन् र सार्वजनिक स्थलहरूमा निःशुल्क वाई-फाई अफर गर्छन् । यसको प्रयोग गरेर क्यूआर कोड प्रयोग गर्न खोज्दा ह्याकरले प्रयोगकर्ताको व्यक्तिगत विवरण सँगै आर्थिक विवरणहरू पनि लिन सक्छन् ।

त्यसैले सार्वजनिक स्थलहरूमा उपलब्ध निःशुल्क वाई-फाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ । सामान्य अवस्थामा क्यूआर कोड कसरी दुरुपयोग भइरहेको छ भन्ने कुरा हामीले पत्ता लगाउन सक्दैनौँ । यद्यपि आफूले क्यूआर कोड प्रयोग गर्ने बेलामा सावधानी अपनाउन भने आवश्यक छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
२०८३ असोज १४, बुधबार
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
२०८३ असोज १४, बुधबार
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
२०८३ असोज १४, बुधबार
दुई दिन धकेलियो कांग्रेस महाधिवेशन : १८ असोजमा खुलामञ्चमा उद्घाटन, २१ र २२ मा निर्वाचन
२०८३ असोज १४, बुधबार
अब सरकारी कर्मचारीलाई २ वर्षको ‘कुलिङ पिरियड’
२०८३ असोज १४, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १४, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १४, बुधबार