श्रावण ३, २०८२ शनिबार July 19, 2025

२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो । बजारमा तरकारी आगमनको स्थितिमा कुनै समस्या नभए पनि अस्वाभाविक रूपमा मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

सबैभन्दा धेरै मूल्य बढ्ने तरकारीमा गोलभेडा रहेको छ । असोज १४ गते प्रतिकिलो १२ रुपैयाँ औसत थोक मूल्य रहेको सानो लोकल गोलभेडाको मूल्य पछिल्लो २ सातामा २ सय ८० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।

टनेलको गोलभेडाको मूल्य पनि १ सय ७८ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २० रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी घिरौंलाको मूल्य ७३ प्रतिशतले बढेर प्रतिकिलो ५५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।

स्थानिय काउलीको मूल्य पनि ५० प्रतिशतले वृद्धि हुँदै ६० रुपैयाँ बाट ९० रुपैयाँ किलो पुगेको छ । धेरै मूल्य बढ्ने तरकारीमा तितेकरेला, तनेबोडी, भिण्डी, चिचिन्डो र लौका पनि रहेका छन् । २ साता अघिको मूल्यमा २५ रुपैयाँ बढेर तितेकरेलाको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ भने तनेबोडीको मूल्य ५० रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय २५ रुपैयाँ पुगेको छ । समितिको दैनिक तरकारी आगमनको तथ्यांकलाई हेर्ने हो भने हरेक दिनजसो ८ सय देखि ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिने गरेको छ । आपूर्ति प्रणालीमा कुनै समस्या नभए पनि तरकारीको मूल्य भने बढेको बढ्यै छ । आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया