काठमाडौंः न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन परेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमवार साँझ ५ बजेसम्ममा १८ लाख ९३ हजार ९५७ जना आवेदकबाट २ अर्ब ४० करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले गत शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त आईपीओमा असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया