असार २६, २०८२ बिहिबार July 10, 2025

बाल शिक्षिका र कर्मचारीको तलब बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई रु १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई रु १५ हजार र विद्यालयका कर्मचारीलाई रु २० हजार ५०० मासिक तलब तोकेको हो । शिक्षक दिवसकै अवसरमा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

सङ्घीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै बाल शिक्षिकाको निरन्तरको आन्दोलनपछि आज बसेको कार्यपालिकाको बैठकले तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । यसरी तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक रु एक करोड ५० लाख दायित्व बढ्ने भएको छ । कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी रहेका छन् ।

नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताउनुभयो । सङ्घीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैँले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताउनुभयो । बैठकले सवारी चालक, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीको पनि तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार