कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेप्सेमा सुधार, कारोबार रकम बढेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लगातार ओरालो लागेको धितोपत्र बजारमा आज सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४१ दशमलव ८४ अङ्कले उकालो लागेर दुई हजार ६१२.६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ०४ विन्दुले बढेर ४९२ दशमलव ०३ मा पुगेको छ ।

नेप्से सूचक एक प्रतिशतभन्दा धेरैले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । कूल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर रु दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ५६ दशमलव ०५ ले अङ्कले घटेको छ । बाँकी बैंकिङ १८ दशमलव ७४, होटल तथा पर्यटन ३६ दशमलव ५, विकास बैंक १४० दशमदव ९१, जलविद्युत् ६० दशमलव ४४, वित्त ८६ दशमलव ९८, निर्जीवन बीमा २६५ दशमलव ६८, उत्पादन १०७ दशमलव ७५, अन्य १० दशमलव ८१, लघुवित्त १३६ दशमलव ४, जीवन बीमा ३०७ दशमलव ६६, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ८९ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज शिखर इन्स्योरेन्सको प्रोमोटर शेयर शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १३ करोड ६६ लाख ५० हजार बराबरको कारोबार भयो । यस्तै मेरोमाइक्रोफाइनान्स लघुवित्त रु ११ करोड ८६ लाख ११ हजार ६२९, हिमलायन डिस्टिलर रु सात करोड ३४ लाख नौ हजार ९८३, सिटिजन्स बैंक रु छ करोड ७२ लाख ३९ हजार ३४८ र रिडी हाइड्रोपावर कम्पनी रु छ करोड ५० लाख ८१ हजार ७०७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा

कारोबारका आधारमा आज विभिन्न सात कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा मल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेका छन् । त्यस्तै मैलुङ खोला जलविद्युतकोको नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ९४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नौ दशमलव ८४ प्रतिशतले बढेका छन् ।

नेप्सेमा मंगगलबारको कारोबारमा एनआईसी एशिया लघुवित्तको शेयर कारोबारमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै आजको कारोबारमा रिलायन्स लाइफ इन्सुरेन्स तीन दशमलव ३२ प्रतिशत, माउण्टेन इनर्जी तीन दशमलव ३ प्रतिशत, साल्ट टे«डिङ दुई दशमलव ६२ प्रतिशत र  रिडी हाइड्रोपावर दुई दशमलव १० प्रतिशतले घटेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार