असार २६, २०८२ बिहिबार July 10, 2025

अछाममा दसैं र तिहारमा विद्यालय बिदाको समय कम गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछामका विभिन्न स्थानीय तहहरूले दसैँ र तिहारमा हुने विद्यालय बिदाको समय कम गर्ने निर्णय गरिरहेका छन् ।

कोरोना महामारीका कारण पठनपाठन अवरुद्ध भएको भन्दै विगतमा हुने बिदाको तुलनामा बिदा कटौती गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको पालिकाहरूले जनाएका छन् ।

जिल्लाका विभिन्न पालिकाहरूले गाउँ÷नगर कार्यपालिका तथा गाउँ÷नगर शिक्षा समितिबाट निर्णय गराई विद्यालय पठनपाठनको समय निर्धारण गरेका छन् ।

जिल्लाको कमलबजार नगरपालिकाले कोरोना महामारीपछि विद्यालय सञ्चालन गर्ने बेला नै दसैँमा ५ दिन र तिहारमा ४ दिन गरी ९ दिन मात्रै बिदा दिने निर्णय गरिसकेको छ भने अन्य पालिकाले पनि दसैँ तिहारमा विद्यालय कति बिदा दिने भन्ने निर्णय गरिरहेका छन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाले असोज २१ गतेदेखि कात्तिक ३ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

दशैँको बेला असोज २१ गते घटस्थापनादेखि कात्तिक ३ गतेसम्म विद्यालय बिदा हुने र तिहारको बेला नेपाल सरकारको राजपत्रमा उल्लेखित बिदा बाहेक अन्य दिन बिदा नहुने निर्णय गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताउनुभयो ।

असोज ११ गतेको गाउँ शिक्षा समितिको निर्णय अनुसार सबै विद्यालयलाई जानकारी गराइएको उहाँले बताउनुभयो । यस्तै जिल्लाको चौरपाटी चौरपाटी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय कात्तिक १ गतेसम्म मात्र बन्द हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले घटस्थापना देखि कात्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्न विद्यालयलाई निर्देशन गरेको छ ।

यस अघिका वर्षमा घटस्थापनादेखि भाइटिकासम्म करिब १ महिना बिदा हुने गरिए पनि कोरोना भाइरस कोभिड १९ का कारण लामो समयसम्म विद्यालय बन्द भएकोले दसैँ दीपावलीको बीच समयमा पनि विद्यालय सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कात्तिक २ गते देखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दसैँ लगतै विद्यालय फर्केर पठनपाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकलाई आग्रह गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि शिक्षा समिति तथा कार्यपालिका बैठकबाट विद्यालयको हकमा दशैँतिहारको बिदाबारे निर्णय गर्ने तयारी थालेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार