असार २३, २०८२ सोमबार July 7, 2025

मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँः उद्योग मन्त्री हमाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईले राजीनामा दिन लाग्नु भएको हो?

हो, मैले आफूलाई बिबादमा राख्न चाहेन, ममाथि लागेका जुन खालका ब्लेमहरु छन्, आरोप र आलोचनाले म आफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो व्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ। अब खाना खाईसकेपछि मैले प्रधानमन्त्रीसमक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो।

तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो?

हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो। मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन। मेरो राजीनामाको कारण मेरो व्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन।

तपाई माथि लागेको कुन आरोपले तपाईलाई बदनाम महसुस गराएको हो?

पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो, मलाई राजनीतिमा निकष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो। यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महसुस भयो। अनि यो बाहेक अरु कुराहरु पनि छन् नि मेरो बारेमा आएका। तपाईलाई पनि थाहै छ होला नि।

तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि? हैन र?

हो, यसको मूल्यांकन जनताले गरिरहेका छन्। मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा। म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ। तर त्यो बेला सुशील दाई (सुशील कोइराला) ले जिल्ला समिति भंग गर्नुभयो।

तपाईको राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त?

हैन, यो कुरा जनताले बुझ्नु हुन्छ। मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु? मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन्। मैले जे गरे ठीक गरेको छु। यसले म माथि लागेको आरोपको पुष्ट्याईँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया