कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९६ अङ्कले ओरालो लागेर ४९९.७८ मा ओर्लिएको हो ।

नेप्सेका ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कूल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ मूल्यमा खरिद बिक्री भए ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २७ अर्ब ५५ करोड २५ लाख ५० हजारको हाराहारीमा रहेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।

वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ । कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ ।

सो संस्थाको रु १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक रु १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी रु १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक रु ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए ।

शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार