असार २६, २०८२ बिहिबार July 10, 2025

इलाम नगरपालिकाले कृषि क्याम्पस चलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो।

इलाम नगरपालिका-९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो।

आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ। पहिलो सेमेष्टरको लागि ४० विद्यार्थीमात्र भर्ना गरिने छ। चार वर्षपछि पूर्ण रुपमा क्याम्पस सञ्चालन हुँदा १६० विद्यार्थी हुनेछन्। विज्ञान विषय लिई १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी, आईएससी गरेका, सिटिइभिटीइमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएससीएजी पढ्न पाउनेछन्। यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ। अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दसैंपछि सम्बन्धनको प्रक्रिया टुङ्गिने बुझिएको छ। क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन अध्यापन गराइनेछ। क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले बेहोर्ने बताइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार