असार २६, २०८२ बिहिबार July 10, 2025

महिला शिक्षकलाई सरुवाको प्रलोभनमा यौन प्रस्ताव राख्ने गरेको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँमा एक जना महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौन सम्पर्कका लागि दबाब दिएको पाईएको छ । तनहुँका एकजना शिक्षक नेताले महिला शिक्षकलाई सरुवा गरिदिने वहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्दै दबाब दिइएको पाइएको हो ।

स्रोतका अनुसार महिला शिक्षकलाई “भोलि भेटम है, भेटेर सेक्स् गरम है” भन्दै यौन पस्ताव राख्ने बारम्बार म्यासेज पठाउने र दबाब दिने गरेको जनाएको छ । तर महिला शिक्षकले प्रस्ताव अस्विकार गरेर गालि गरेपछि शिक्षक नेताले माफि मागेको स्रोतले बताएको छ ।

तनहुँका पालिकामा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल भएको गुनासो बढी आउन थालेको छ । जनप्रतिनिधि र शिक्षक नेताहरुको मिलेमतोमा आर्थिक चलखेल हुने गरेको नाम नखुलाउने सर्तमा शिक्षकहरुले खबर एजुकेशनलाई बताएका छन् ।

उनीहरुले मावि सरुवा गरेको चार लाख,निमाविको तिनलाख र प्राविको सरुवा गर्दा दुइलाख बुझाउन बाध्य पार्ने गरेको गुनासो गरका छन् । भन्छन् “त्यति पैसा नदिने हो भने न सरुवा हुन्छ न ढुक्कले पढाउने वातावरण बन्छ ।”  त्यसैगरी शिक्षक नियुत्तिमा समेत नियुक्ति गर्दा लाग्ने सम्पुर्ण खर्च शिक्षकलाइ नै व्योहर्न लगाउने गरेको स्रोतको भनाई छ । विज्ञलाई दिनेदेखि परीक्षा सञ्चालनका सम्मका सम्पुर्ण खर्च नियुत्ति हुने शिक्षकको पहिलो महिनाको तलबबाट व्योहर्न बाध्य बनाएको स्रोतले जनाएको छ ।

केहि दिन अगाडि यस विषयमा “तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल”शिर्षकमा खबर एजुकेशनमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भए पछि शिक्षक सरुवाका नममा लिइएको दुईलाख रकम मध्ये एक लाख पचास हजार फिर्ता भएको छ । प्रावि तहका शिक्षकसँग लिइएको उक्त रकम फिर्ता गरिए पनि पालिकामा बुझाएको पचाँस हजार भने अहिले सम्म फिर्ता गरिएको छैन । खबर एजुकेशनबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार