श्रावण ३, २०८२ शनिबार July 19, 2025

म्याग्दीको तातोपानीमा सुविधा सम्पन्न होटल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल उद्योग वाणिज्य महासङ्घको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्वाचित भएका बेनीका व्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सबै गुनासो सुन्नुपर्दथ्योे ।

विशेष गरेर सिञ्गा तातोपानी स्नान गरेर उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महसुस हुन्थ्यो। विसं २०७५ मङ्सिरमा बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल तातोपानीमा श्रेष्ठले निर्माण सुरु गरेको होटल हटस्पिरिङ सञ्चालनको तयारी अवस्थामा आएको छ ।

“म्याग्दीमा आउने भिआइपी र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो”, श्रेष्ठले भने, “पोखरापछि धवलागिरि क्षेत्रमा पहिलो पटक तारेस्तरको होटल सञ्चालन गर्ने लक्ष्य पूरा गर्ने तयारीमा जुटेको छु।” करिब रु १५ करोड लागतमा साँढे दुई रोपनी क्षेत्रफलमा होटलको भवनलगायत पूर्वाधार निर्माण सकिएको छ ।

कोठा र भान्छाकोठा व्यवस्थापन तथा आवश्यक सामग्री जुटाएर आगामी मङ्सिरदेखि होटल सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठले बताए। होटलको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ। पूर्वाधार र सेवासुविधाका हिसाबले होटल जिल्लाकै पहिलो भएको सञ्चालकको दाबी छ। होटल सञ्चालनमा आएपछि तोतोपानी कुण्ड आउने पर्यटकलाई होटलको अभाव नहुने विश्वास गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार